घुस लिएको आरोपमा मुद्दा
काठमाडौँ, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग श्रेष्ठले रु २५ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
यस्तै आयोगल...






























