पोखरा, १९ फागुन । पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

Advertisement

पोखराको सराङकोटबाट फ्लाइडर गर्न उडेकी उहाँ आज बिहान ११ बजे फेवातालमा खस्नुभएको थियो । उहाँलाई फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो ।

गम्भीर घाइते अवस्थामा उहाँलाई मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ । प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सिधै तालमा खसेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!