काठमाडौँ, १९ फागुन । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।

सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ ।

बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!