बेलपत्र  बहुउपयोगी ओखती

बेलपत्र बहुउपयोगी ओखती

शिवलिंगमा बेलपत्र चढाइन्छ । हामीलाई यो कुरा थाहा छ र हामीले चढाउँदै आएका पनि छौं । तर, हामीले यसरी शिवलिंगमा चढाइरहेको बेलपत्रको महत्व के होला ? किन बेलपत्र चढाइएको होला ? यसतर्फ भने हामी घोत्लिदैनौं । जबकी कुनैपनि धर्म-संस्कारले यस्ता विधीहरुको व्यवस्था त्यसै गरेको होइन । यसले मानव जीवनमा केही न केही अर्थ र महत्व राख्छ । चाडपर्वमा खाइने खानेकुरा, गरिने विधी सबै कुरा हाम्रो जीवनसँग जोडिएको हुन्...
ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

काठमाडौँ, २० फागुन । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ । उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पा...
किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन अनारको सेवन

किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन अनारको सेवन

काठमाडौँ । मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ । अनारको जुसले कलेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले क...
वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, २० फागुन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भू...
पोखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरा, २० फागुन । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । घाइते दुबैजनाको नाम हालसम्म खुलेको छैन । गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए । विद्युतको तारमा छोएर झरेका गम्भ...
२० वर्षपछि पर्दामा सलमान र ऐश्वर्याको जोडी ?

२० वर्षपछि पर्दामा सलमान र ऐश्वर्याको जोडी ?

करीब २० वर्षपछि बलिउड सुपरस्टार सलमान खान र प्रख्यात निर्देशक सञ्जय लीला भन्सालीको एक रोमान्टिक प्रोजेक्टमा टिमअप भएको छ । यो फिल्मको नाम 'हम दिल दे चुके सनम २' हुनसक्ने चर्चा छ । तर, अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो फिल्मका लागि अहिले अभिनेत्रीको खोजी कार्य भैरहेको छ । उक्त रोमान्टिक फिल्ममा सलमान आफ्नो अपोजिटमा अभिनेत्री कैटरीना कैफलाई लिन चाहन्छन् ...
यो देशमा छैनन् एकजना पनि अपराधी

यो देशमा छैनन् एकजना पनि अपराधी

संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन् । यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस् । यति पढिसक्दा पनि तपाईंलाई विश्वास लागिरहेको छैन होला तर धर्तीमा एउटा यस्तो पनि देश छ जहाँका जेल खाली छन् । पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेद...
केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु

नैरोबी, २० फागुन ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूची...
पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौँ, २० फागुन । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...
प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

भक्तपुर, २० फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन...
अज्ञात रोगका कारण पठनपाठनमा समस्या

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

रोल्पा, २० फागुन । अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा...
पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

काठमाडौँ, २० फागुन । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो...
सुधारको बाटामा सार्वजनिक यातायात

सुधारको बाटामा सार्वजनिक यातायात

काठमाडौँ, २० फागुन । यात्रुहरु फराकिलो र आरामदायी सिटमा बसेर गन्तव्यम्म पुग्छन् । बसमा बस्दा उनीहरु किताब पढ्न सक्छन् । ‘फ्रि वाइफाई’ सुविधा भएकाले उनीहरु निर्धक्कसँग इण्टरनेट चलाउँदै यात्रा गर्छन् । नयाँ यात्रुलाई कहाँ पुगियो वा अबको गन्तव्य कहाँ भनेर सोध्नु पर्दैन, बसमा कुनै ठाउँमा पुगेपछि आफैँ जानकारी दिने विद्युतीय प्रणाली छ । बसमा चढ्दा पैसा तिरेर टिकट दिने यात्रु झर्दा त्यही टिकट देखाएर झ...
छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २० फागुन ।  छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको...
बोटबाटै २२ लाखको सुन्तला बिक्री

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ, २० फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९...
बालीघरे प्रथा हरायो

बालीघरे प्रथा हरायो

बेझाड, २० फागुन । गाउँघरमा परम्परादेखि नै चल्दै आएको बालीघरे (कटुवाल) प्रथा पछिल्लो समयमा हराउँदै गएको छ । गाउँमा हुने शुभकार्य, विभिन्न कार्यक्रम, भेला, बैठकसम्बन्धी सूचना प्रवाह गर्न एक जनालाई बालीघरेका रुपमा राखिन्थ्यो । यसरी बालीघरेका रुपमा बसेका व्यक्तिले गाउँघरका हरेक गतिविधि, बैठक, भेलालगायत विभिन्न सूचना सन्देश सबैका घर घरमा पुगेर खबर गर्नुपथ्र्याे । पछिल्लो समयमा भने यो प्रथा गाउँघरबाट...
ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

वासिङ्टन, २० फागुन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्द...
रानीपोखरी पुनःनिर्माण शुरु

रानीपोखरी पुनःनिर्माण शुरु

काठमाडौँ, २० फागुन । ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि स...
सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

काठमाडौँ, २० फागुन । सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाउने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् । महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवसको विशेष कार्यक्रम गरिरहेको छ । सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् । यहि क्रममा प्यारासुटको सहायतमा विमानबाट फ्रि फलका लागि हामफालेका एक सैनिक घाइते भएका छन...
केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

भादगाउँ, २० फागुन ।  महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । आजको दिन ब...
प्रियंकामाथी पाकिस्तानीको आक्रोश

प्रियंकामाथी पाकिस्तानीको आक्रोश

एजेन्सी । भारत–पाकिस्तानविच जारी विवादमा बलिउड नायिका प्रियंका चोपडाले सामाजिक सञ्जालमा गरेको ट्विटको पाकिस्तानीहरुले बिरोध गरेका छन् । प्रियंका संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको गुडवील एम्बेस्डर हुन् । हालै प्रियंकाले भारत र पाकिस्तानबीच भइरहेको युद्धको स्थितीमा एकोहारो भएर भारतीय सेनाको पक्षमा लागेर बोलेको भन्दै पाकिस्तानीहरुले आपत्ती जनाएका हुन् । प्रियंकाले भारतीय एअरफोर्सले पाकिस्तानक...
यसरी गरिन्थ्यो गर्भ परीक्षण ३५ सय वर्षअघि

यसरी गरिन्थ्यो गर्भ परीक्षण ३५ सय वर्षअघि

एजेन्सी ।  महिलाको गर्भ परीक्षणका लागि अहिले बजारमा अनेक खालका उपकरण छन् । तर, आजभन्दा ३५ सय वर्षअघिको समयको कल्पना गर्नुस् त । त्यो समयमा कुनैपनि महिला गर्भवती भए नभएको कसरी पत्ता लगाइन्थ्यो होला ? सायद यो थाहा पाउँदा अनौठो लाग्ला कि ३५ सय वर्ष पहिले पनि महिलाहरुको गर्भ परीक्षण हुन्थ्यो । यतिमात्र होइन त्यस समयमा पनि गर्भको बच्चा छोरा वा छोरी के हो ? त्यो समेत पत्ता लगाउने विधि प्रचलनमा थियो ।...
झापामा बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

झापामा बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

बनियानी, २० फागुन ।  झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मो...
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

काठमाडौँ, २० फागुन । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।  काठमाडौँ महानगरपालिकाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका...
निर्मला हत्याको ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धान अघि बढाइदै

निर्मला हत्याको ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धान अघि बढाइदै

काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एक पछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ । हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएक...
अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने

अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो। अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी ...
कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

भक्तपुर, २० फागुन । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निच...
सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २० फागुन । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले हिजो उपसचिव सञ्जेललाई सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानूनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । उपसचिव सञ्जेलले आफूलाई गैरकानून...
२०७५ फागुन २० गते सोमबार/आजको राशिफल

२०७५ फागुन २० गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन २० गते। सोमबार। इश्वी सन् २०१९ मार्च ४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मि...
छोरी शिक्षा बीमा प्रदेश भर  लागू गरिने

छोरी शिक्षा बीमा प्रदेश भर लागू गरिने

धनुषा, १९ फागुन । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गर्नुभयो । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई रु एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाक...
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

काठमाडौँ, १९ फागुन । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत ...
error: Content is protected !!