प्रदेश नं १ का सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराईने : मुख्यमन्त्री राई
विराटनगर, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने ध...






























