शुक्रबारबाट प्रदर्शनमा आएको ‘लुका छुपी’ सिनेमाका मूख्य अभिनेता कार्तिक आर्यनले आफ्ना प्रिय निर्देशक इम्तियाज अलिको एक सफल सिनेमाको सिक्वलमा काम गर्ने पक्का भएको छ।

कार्तिकले करिब १० वर्ष अघि रिलिज भएको अलि निर्देशित ‘लब आजकल’को सिक्वलमा काम गर्ने भएका हुन्। सो सिनेमामा सैफ अलि खान तथा दिपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेका थिए।

‘उनी मेरा मनपर्ने निर्देशक हुन् जोसँग म काम गर्ने चाहिरहेको थिएँ। मलाई खुशी छ आखिर यसले मूर्त रूप लिदैंछ’, कार्तिकले सिनेमामा काम गर्न लागेको पुष्टि गर्दै भने।

सिनेमामा उनले सैफकी छोरी सारा अलि खानसँग रोमान्स गर्नेछन्। सिनेमामा रणदिप हुड्डा पनि प्रमूख भूमिकामा देखिनेछन्। स्मरण रहोस, आफ्नो बाबुसँगको एक अन्तरवार्तामा साराले आफू कार्तिकसँग डेट जान इच्छुक रहेको बताएकी थिइन्।

सिनेमाको सुटिङ् आगामी साताबाट दिल्लीमा सुरू हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!