संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको जितपुरमा जारी दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक जितपुर ‘ए’ र सिंहदेवी युथ क्लव सिधुवा फाइनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा महालक्ष्मी–२ मारेककटहरेलाई पराजित गर्दै जितपुर ‘ए’ र लालिगुँरास नगरपालिका तेह्रथुमलाई हराउँदै सिंहदेवी युथ क्लव फाइनल पुगेका हुन् ।

Advertisement

पहिलो सेमिफाइनल खेलमा मारेककटहरेलाई ३–१ गोल अन्तरले पराजित गर्दै जितपुर उपाधि नजिक पुगेको हो । खेलको पहिलो हापमा २–१ गोलले अग्रता लिएको जितपुरले दोस्रो हापमा पुनः अर्को गोल थप्दै फाइनलको यात्रा तय गर्यो ।

यता, दोस्रो सेमिफाइनल खेलमा लालिगुँरास नगरपालिकालाई ट्राइबेकरमार्फत ५–३ गोल अन्तरले हराउँदै सिंहदेवी फाईनल पुगेको हो । पहिलो हाप गोलरहित बराबरी खेलेको लालिगुराँसले दोस्रो हापको सुरुवातमै गोल गर्दै अग्रता लियो । डिवक्समा लालिगुराँसका खेलाडीको हेण्ड भएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सिंहदेवीले १ गोल फर्काएर खेललाई १–१ को बराबरीमा पुर्यायो ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा लालिगुराँसका दुई खेलाडीले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्किदा सिंहदेवी उपाधि नजिक पुगेको हो । अब, उपाधिका लागि मंगलबार दिउँसो आयोजक जितपुर ‘ए’ र सिंहदेवी भिड्नेछन् । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!