२०७८ भाद्र २० गते आइतबारको राशिफल

२०७८ भाद्र २० गते आइतबारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर ५ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
प्रदेश १ मा थपिए ३०५ कोरोना संक्रमित, ३९१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३०५ कोरोना संक्रमित, ३९१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५३, पथरीशनिश्...
अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकको फोहर

अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकको फोहर

काठमाडौं । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौंका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजार लगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ । नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ...
कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ देखिन थाल्यो

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ देखिन थाल्यो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन्। उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गर्नुभएको छ । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ ...
बेलायतको डिग्री पढाउँदै विराटनगर इन्टरनेशनल कलेज

बेलायतको डिग्री पढाउँदै विराटनगर इन्टरनेशनल कलेज

विराटनगर । ७ बर्ष अघिदेखि संचालनमा आएको बिराटनगर(६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज बिराटनगरको नाम परिवर्तन भएर बिराटनगर इन्टरनेशनल कलेज भएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको कलेजले नयाँ नाम सहित थप बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको हो । शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै कलेजले नयाँ कोर्षको आवश्यकता ...
कोरोनाका कारण मानसिक रोग: बालबालिकामा देखिन थाल्यो समस्या

कोरोनाका कारण मानसिक रोग: बालबालिकामा देखिन थाल्यो समस्या

काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ। एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति...
एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ । शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो । अर्थ मन्त्रालयले...
२०७८ भाद्र १९ गते शनिबारको राशिफल

२०७८ भाद्र १९ गते शनिबारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर ४ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि...
प्रदेश १ः कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ४१९ जनामा संक्रमण, ४७० संक्रमणमुक्त

प्रदेश १ः कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ४१९ जनामा संक्रमण, ४७० संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्र...
झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु

झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ आदीबासी रंगशाला अगाडि पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सर्लाहीको भक्तिपुर गाउँपालिका–३ ईश्वरपुर घर भई सोही स्थानमा बस्दै आएका लोहरा कापरीका ४ बर्षीय छोरा मानव छन् । दिउँसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट बालकको घटन...
विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर महानगरपालिका–१८ खोक्साहाका २८ बर्षीय पप्पुकुमार मण्डल छन् । दिउँसो ११ बजे विराटनगर–१७ स्थित रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लाग्दा मण्डल घाइते भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ईलाका प्रहरी कार्यालय रानीब...
कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरिएको हो । कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमणलाई केही हदसम्म न्यूनीकरण गर्न निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प गरिएको बैंकले जनाएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन परीक्षण गराउने व्यक्तिक...
सीमा नाकामै कोरोनाविरुद्धको खोप

सीमा नाकामै कोरोनाविरुद्धको खोप

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । “एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप...
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विराटनगर । आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । आ...
संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने पहिला टुंगो लगाउन बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको अन्तरिम आदेशसँगै यस्ता मुद्दाको सुनुवाइ अनिश्चित भएको छ। संवैधानिक परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले मंसिर र माघमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको थियो। अध्यादेश ल्याएर गरिएको नियुक्तिमा प्रधानन्यायाधीश च...
एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् । २ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो ...
२०७८ भाद्र १८ गते शुक्रवारको राशिफल

२०७८ भाद्र १८ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर ३ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनवर्सु नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गर...
प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो । मोरङको ...
ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिम्लेमा आज ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका–१ का ४४ बर्षीय खगप्रसाद तामाङ छन् । दिउँसो साढे १ बजे उनी सानीमा हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरेको थियो । ढुंगाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार उनी सोही ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका–५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर छिन् । ओखलढुङ्गा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गंभीर घाइते भएकी थिइन् । स्थानीय मिसन अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढ...
चट्याङ लाग्दा बालकको मृत्यु

चट्याङ लाग्दा बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बिरेन्द्रप्रसाद चौधरीका १४ बर्षीय छोरा निशान छन् । बुधबार बेलुका ७ बजे उनी घर नजिकै रहेको चौरमा खेलेर फर्कने क्रममा चट्याङ लागेको थियो । अबिरल बर्षासँगै परेको चट्याङ लाग्दा बालक बेहोस भएका थिए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव ९ बजे उनको मृत्यु...
‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

विराटनगर । बलिउड कलाकार तथा ‘बीग बोस’ बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण ४० बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थले केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी खाएका थिए भन्ने भन्ने नखुलेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार उनको शव अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शवको पोस्टमार्टम गरिनेछ ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज एक हजार २०५ रुपै...
गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्...
घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

रौतहट । रौतहटमा घाँस काट्न गएकी १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् । तीन जना मिलेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । माधवनारायण नगरपालिका–३ का २५ वर्षीय किशन सहनी पक्राउ परेका हुन् । सहनी र अरु दुई जना मिलेर बालिकालाई घाँस काट्न गएको बेला डर, त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दलित समुदायकी ती बालिकालाई उनीहरुल...
कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ ...
२०७८ भाद्र १७ गते बिहीबारको राशिफल

२०७८ भाद्र १७ गते बिहीबारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर २ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, विष्टि वा भद्रा । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि श...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ...
हतियारसहित दुई जना पक्राउ

हतियारसहित दुई जना पक्राउ

  मोरङ । मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय रुद्र बहादुर क्षेत्री र ४० बर्षीय पूर्ण बहादुर बोहरा छन् । क्षेत्रीको घरमा हतियार लुकाइराखेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्षेत्रीको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
डाक्टर बनिन् जेवा खातुन

डाक्टर बनिन् जेवा खातुन

राजविराज । अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन्- सप्तरीकी जेवा खातुन। पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्। सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन सुल्तानकी छोरी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्त...
error: Content is protected !!