रौतहट । रौतहटमा घाँस काट्न गएकी १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् । तीन जना मिलेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।
माधवनारायण नगरपालिका–३ का २५ वर्षीय किशन सहनी पक्राउ परेका हुन् । सहनी र अरु दुई जना मिलेर बालिकालाई घाँस काट्न गएको बेला डर, त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दलित समुदायकी ती बालिकालाई उनीहरुले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई माधवनारायण–५ स्थित सिसौघारीमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका सहनीको विषयमा थप अनुसन्धान भइरहेको र फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।