संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरिएको हो ।

Advertisement

कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमणलाई केही हदसम्म न्यूनीकरण गर्न निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प गरिएको बैंकले जनाएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन परीक्षण गराउने व्यक्तिको रिपोर्ट १५ मिनेटमा उपलब्ध गराइएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाविरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको हो ।

कुमारी बैंकले देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!