कालोसूचीमा नरहेका बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी जान सक्ने
काठमाडौँ, ११ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।
शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइए...

























