टोकियो।  नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा जापानको टोकियोमा उनको १५० औं जन्म जयन्ती मनाइएको छ ।

Advertisement

शिबुया चुबाकी गार्डेनको सभा हलमा  भएको उक्त कार्यक्रममा सहभागिहरुले नेपाली साहित्यकार र साहित्यिक संस्थाहरुले खेलेको भूमिकाका बारेमा धारणा राखेका थिए । त्यस क्रममा नेवार साहित्यका महाकवि महाजुले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

वल्र्ड नेवा अर्गनाईजेशन जापानको आयोजनामा भएको कार्यक्रममा संस्थाका प्रतिनिधि जनक राज शाक्य, प्रकाश लाल श्रेष्ठ, कृष्ण बदन जोशी, शर्मिला शाक्य महाकवि महाजुले नेवारी साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै विभिन्न साहित्यक रचना र कविता  प्रस्तुत गरेका थिए । कार्यक्रम गत शुक्रबार सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!