मदिरा खाएर श्रीमतीमाथि चिर्पट प्रहार, ३७ वर्षीया मुनाको गयो ज्यान
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-५ रातामाटामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ४१ वर्षीय यमबहादुर कुमालले ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पट प्रहार गरेर हत्या गरेका हुन् ।
गम्भीर घाइते भएकी मुनालाई अचेत अवस्थामा उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनको उपचारकै क्रममा आज बिहान चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनामा संलग्न यमबहादुरलाई प्रह...


















