प्रेस चौतारी प्रदेश १ को बिस्तारित बैठक सम्पन्न
धनकुटा। प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक धनकुटामा सम्पन्न भएको छ । बैठकमा १ नम्बर प्रदेशका १४ जिल्लाका करिव १ सय ५० चौतारी सम्बद्ध पत्रकारहरु सहभागि थिए ।
भदौ ४ र ५ गते हुन लागेको पत्रकार महासंघको केन्द्रिय अधिवेशनलाई लक्षित गरी चौतारीको बैठक बसेको हो ।
बैठकमा सहभागि चौतारीका जिल्ला अध्यक्षहरुले पत्रकार महासंघका प्रेस चौतारीको अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
जिल्...










