कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

पथरी, मोरङ, २३ फागुन ।  माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्यौैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार क...
आगलागीबाट १५ लाख बराबरको क्षति

आगलागीबाट १५ लाख बराबरको क्षति

उर्लाबारी, मोरङ, २३ फागुन ।  मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

खोटाङ, २३ फागुन । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा/ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्ते...
वनको आगो गाउँमा पस्दा छ घर ध्वस्त

वनको आगो गाउँमा पस्दा छ घर ध्वस्त

तेह्रथुम, २३ फागुन । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरी...
प्रदेश १ को सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

प्रदेश १ को सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

विराटनगर, २३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई  सम्बोधन गर्दै मुख्यमन्त्री राईले गर्दै चुस्त एवम् प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभएको छ । आन्तरिक मामि...
झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

सुरुङ्गा, झापा, २३ फागुन ।  झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्...
धनकुटा आगलागी अपडेट: दुई घर, चार गोठ र दर्जन चौपाया जले, आगो अनियन्त्रित

धनकुटा आगलागी अपडेट: दुई घर, चार गोठ र दर्जन चौपाया जले, आगो अनियन्त्रित

धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा दुई घर र चार गोठ जलेर नष्ट भएका छन् । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो । हावाहुरीका कारण आगो अनियन्त्रित भई बस्तीमा पस्दा धनकुटा–९ माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए । आगलागीमा...
खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

विराटनगर, २२ फागुन । खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी छोडेकामा आवश्यक कानुनी कारबाही र उपचारको व्यवस्था गर्न पीडितले आज यहाँ माग गरेका छन् । जहदा गाउँपालिका–४ बस्ने वुवा ३५ वर्षीय रामेश्वर महतो र छोरा २० वर्षीय सञ्जय महतोले आज यहाँ पत्रकार सम्मेलन गरी सोही स्थानमा मदिरा पसल सञ्चालन गरी बस्ने राजनन्दन यादव भन्ने भट्टा यादवले यही फागुन १८ गते साँझ एक्कासि खुकुरी प्रह...
धनकुटामा बनको आगो बस्ती पस्यो, दुई घर जलेर नष्ट, दर्जनौ घर जोखिममा

धनकुटामा बनको आगो बस्ती पस्यो, दुई घर जलेर नष्ट, दर्जनौ घर जोखिममा

धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको छ । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो सामुदायिक बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो । आगो अनियन्त्रित भएर बस्तीमा पस्दा स्थानीय दुईवटा घर जलेर नष्ट भएको मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण हुँन नसकेमा सो क्षेत्रका दर्जनौ घर जोखिम छ...
बिरामी भारत लैजाने पक्राउ

बिरामी भारत लैजाने पक्राउ

सुरुङ्गा, झापा, २२ फागुन।  उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउदैँ ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ । पछिल्लो समय बाह्रदशी गाउँपालि...
कटारीमा कृषि उपज केन्द्र

कटारीमा कृषि उपज केन्द्र

गाईघाट, उदयपुर, २२ फागुन । अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ । कटारी नगरपालिकाकाअनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ...
४५ लाखसहित भारतीय पक्राउ

४५ लाखसहित भारतीय पक्राउ

विराटनगर, २२ फागुन। सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा व...
स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २२ फागुन ।  मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाए...
उपचाररत बालिकालाई सहयोग

उपचाररत बालिकालाई सहयोग

मंगलबारे, इलाम, २२ फागुन । शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचाररत सन्दकपुर गाउँपालिका इलामकी एक बालिकालाई कोरिया पुगेका स्थानीय युवाले सहयोग गरेका छन् । मुटुका अंग नछुटिृएको, भल्ब साँगुरिएको समस्या भई विगत छ महिनादेखि उपचाररत सन्दकपुर गाउँपालिका–३ की निसानी साउदेनलाई सहयोग गरिएको दक्षिण कोरियाबाट विनोद पौडेलले जानकारी दिनुभयो । आर्थिक अभाव भई परिवारले सहयोगको अपिल गरेपछि सहयोग गरेको...
धनकुटा महोत्सवमा यस्ता छन स्टल (फोटो फिचर)

धनकुटा महोत्सवमा यस्ता छन स्टल (फोटो फिचर)

धनकुटा, २२ फागुन । धनकुटामा गत आईतवारदेखि प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सव जारी छ । धनकुटा उद्योग बाणिज्य सघंको आयोजनामा सञ्चालित महोत्सव १० दिनसम्म चल्दैछ । मेला, प्रदर्शनी एवं महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड भन्दा वढिको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष छ । महोत्सवका स्टलहरु हेर्नुहोस् ... तस्वीरहरु: देवकला कार्की/संगा...
छथर जोरपाटी गाउँ खेलकुद विकास समिति गठन

छथर जोरपाटी गाउँ खेलकुद विकास समिति गठन

धनकुटा, २२ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा चन्द्र लिम्वुको अध्यक्षतामा १५ सदस्यीय गाउँ खेलकुद विकास समिति गठन भएको छ । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ र गंगा बाजिम्पाक, सचिवमा दिवेश खड्का, सह–सचिवमा पृथ्वीराज लिम्वु र कोषाध्यक्षमा टिका लिम्बु चयन भएका छन् । सदस्यहरुमा बिमला थापा, बिजयप्रकाश लिम्बु, प्रकाश कटुवाल, चन्द्र सारुमगर, मिना ओझा, पुनम मगर, श्रीदेवी लिम्बु, गणेश लिम्बु र सिताराम...
चिया खेतीबाट मनग्य आम्दानी गर्दै बीरबहादुर

चिया खेतीबाट मनग्य आम्दानी गर्दै बीरबहादुर

तेह्रथुम, २१ फागुन । लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ । रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहनुभएको छ । बुबाले लगाएको चिया बगानबाट नै बस्नेतले आम्दानी लिइरहेको बताउनुभयो । चियाखेतीमा आधुनिक प्रविधि भित्रिसकेको भए पनि उहाँलाई त्यसबारे थाहा छ...
दुग्धजन्य उत्पादनको बजार बढ्दै

दुग्धजन्य उत्पादनको बजार बढ्दै

मंगलबारे, इलाम २१ फागुन । जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएको छ । माग बढेसँगै उत्पादन बढेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् । यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको म...
असला माछा मारे तीस हजार जरिवाना

असला माछा मारे तीस हजार जरिवाना

खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने...
शाक्यको हत्या आरोपमा तीन पक्राउ

शाक्यको हत्या आरोपमा तीन पक्राउ

विराटनगर, २१ फागुन ।  उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेक...
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर, २१ फागुन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्न...
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता: खेलाडीलाई बधाई तथा सम्मान

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता: खेलाडीलाई बधाई तथा सम्मान

मंगलबारे, इलाम, २१ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता हुनुहुने इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा उहाँहरुलाई सम्मान गरिएको हो । जिल्ला युवा समिति इलामको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरु पुष्पा मगर, जानुका खवास र संगम तामाङला...
आगलागीमा गम्भीर घाइते दलित महिलाको मृत्यु

आगलागीमा गम्भीर घाइते दलित महिलाको मृत्यु

खोटाङ, २१ फागुन । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठ...
जलविद्युत् निर्माणको शिलान्यास

जलविद्युत् निर्माणको शिलान्यास

भोजपुर, २१ फागुन । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना नि...
धनकुटेलीको प्रादेशिक राजधानी माग संबोधन गर्न मुख्यमन्त्री सकारात्मक रहेको खुलासा (भिडियोसहित)

धनकुटेलीको प्रादेशिक राजधानी माग संबोधन गर्न मुख्यमन्त्री सकारात्मक रहेको खुलासा (भिडियोसहित)

धनकुटा, २० फागुन । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन जिल्लाबासीले राखेको माग संबोधनका लागि मुख्यमन्त्री शेरधन राई सकारात्मक रहेको खुलासा भएको छ । धनकुटामा आईतबार प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन कार्यक्रमलाई संबोधन गर्ने क्रममा मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन् । ‘धनकुटेलीको मागलाई प्रदेशसभाले कुनै न कुनै रुपमा संबोधन गर्नेछ ।’ मुख्यमन...
धनकुटा महोत्सव सुरु, १ नम्बर प्रदेशलाई समृद्व बनाउँने मुख्यमन्त्रीको उद्घोष (भिडियोसहित)

धनकुटा महोत्सव सुरु, १ नम्बर प्रदेशलाई समृद्व बनाउँने मुख्यमन्त्रीको उद्घोष (भिडियोसहित)

धनकुटा, २० फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई हरेक हिसावले समृद्व बनाउने बताएका छन् ।धनकुटामा आईतबार प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई समृद्व बनाउँनकै लागि आफु मुख्यमन्त्री बनेको बताएका हुन् । प्रदेशको सवृद्धिको आधार पर्यटन, कृषि र उद्योग भएको बताउदै मुख्यमन्त्री राईले निजी क्षेत्रसंग ...
जिल्ला युवा समिति धनकुटाका गतिबिधि सार्वजनिक

जिल्ला युवा समिति धनकुटाका गतिबिधि सार्वजनिक

धनकुटा, २० फागुन । जिल्ला युवा समिति धनकुटाले राष्ट्रिय युवा परिषद्को दोश्रो स्थापना दिवसको अवसर पारेर आइतबार आफ्ना गतिविधि जानकारी गराएको छ । पत्रकार अन्तक्रिया कार्यक्रम गरेर समितिले २ वर्षमा उद्यमशीलता र रोजगारी बिषयक गोष्ठीमा ५१ जना युवालाई परामर्श दिएको जनाएको छ । जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी...
देशभरका शैक्षिक सस्था बन्द, धनकुटामा पनि पठनपाठन प्रभावित

देशभरका शैक्षिक सस्था बन्द, धनकुटामा पनि पठनपाठन प्रभावित

धनकुटा, २० फागुन । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आइतबार देशभरका शैक्षिक संस्था बन्द गराएको छ । संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित बिभिन्न ठाउँबाट पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको बिरोधमा शैक्षिक हड्ताल गरिएको नेकपाका धनकुटा इन्चार्ज आकाश शर्माले संगालोखबरलाई जानकारी दिए । गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुको साट...
प्रदेश नं १ः चैत मध्यमा बजेट पेश हुने

प्रदेश नं १ः चैत मध्यमा बजेट पेश हुने

विराटनगर, २० फागुन। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो बजेटबाट आगामी असार मसान्तसम्म काम गरिने र आउँदो आव २०७५/७६का लागि असार १ गते नयाँ बजेट पेश गर्ने निर्णय भएको पत्रकारलाई जानका...
हत्या गरी फालिएको अवस्थामा शव फेला

हत्या गरी फालिएको अवस्थामा शव फेला

उर्लाबारी, मोरङ, २० फागुन । मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् । सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो ।
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

पथरी, मोरङ, २० फागुन ।  गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा...
error: Content is protected !!