- ईश्वर थापा/संगालोखबर

धनकुटा, २३ फागुन । धनकुटा नगरपालिका–९ माङडाँडाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । मंगलवार दिउँसो आगलागीमा परी घर जलेर नष्ट भएका पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटी धनकुटा र उद्योग बाणिज्य संघ धनकुटाले राहत सामाग्री वितरण गरेको हो ।

आगलागीको जानकारी पाउँनासाथ गएर पीडित परिवारलाई राहत वितरण गरिएको रेडक्रस जिल्ला सभापति नरेन्द्र पोख्रेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार रेडक्रसको तर्फबाट त्रिपाल, कम्मल, लत्ताकपडा, भाडा लगायत वितरण गरिएको छ । त्यस्तै उद्योग बाणिज्य संघको तर्फबाट चामल, तेल, नुन लगायत उपभोग्य समाग्री प्रदान गरिएको छ ।

धनकुटा–९ को जलकन्या सामुदायिक बनमा मंगलवार दिउँसोबाट लागेको आगो बस्तीमा पस्दा स्थानीय माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन् ।

आगलागीमा परी चारवटा गोठ र करिव एक दर्जन चौपाया जलेका छन् । आगो बस्तीमा पस्ने संभावना कम भएपनि जंगलमा भने आगो अझै नियन्त्रण भएको छैन । आगलागीबाट ३५ लाख वरावरको निजी सम्पत्तीमा क्षति पुगेको मुलघाट प्रहरी प्रमुख राजेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामुदायिक बनमा अझै आगलागी जारी रहेकाले बनको क्षतिको यकिन हुँन वाँकी छ ।

यो पनी पढनुहोस…

जंगलको आगो बस्तीमा पस्दा दुई घर, चार गोठ र दर्जन चौपाया जले, आगो अनियन्त्रित

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!