
विराटनगर, २३ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र स्थानीय तह मिलेर काम गरे मात्रै विकास हुने बताएका छन् ।
नेपाल नगरपालिका संघ प्रदेश १ को भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै ऐन निमार्ण गरेर स्थानीय तहसँगको सहकार्यमा विकास निमार्णका कामलाई अघि वढाउने बताए ।
उनले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी जनतालाई दिने सेवालाई प्रभावकारी बनाउने तर्फपनि प्रदेश सरकारको ध्यान केन्दित्र हुने बताएका छन् ।
मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारको मुख्य एजेन्डा विकास र आर्थिक समृद्धि भएकाले सोही अनुसार स्थानीय तहले विकास निमार्णका योजनाहरु बनाउनुपर्ने मुख्यमन्त्री राईको भनाइ छ ।
तीन तह मध्येको प्रदेश सरकार जनताको घरदैलोसँग जोडिएको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताको भावनालाई सम्वोधन हुने नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको जानकारी समेत दिए ।















