संगालोखबर सम्वाददाता

धनकुटा, २० फागुन । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आइतबार देशभरका शैक्षिक संस्था बन्द गराएको छ ।

संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित बिभिन्न ठाउँबाट पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको बिरोधमा शैक्षिक हड्ताल गरिएको नेकपाका धनकुटा इन्चार्ज आकाश शर्माले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुको साटो प्रहरीले देशभरबाट गिरफ्तार गर्ने क्रम बढाएको भन्दै बन्द आवहन गरिएको हो ।

शिक्षण सस्था बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । धनकुटामा पनि सरकारी तथा नीजि शैक्षिक सस्थामा पढाई हुन सकेको छैन । शैक्षिक सस्था बन्द हुँदा बिद्यार्थी मारमा परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!