उर्लाबारी, मोरङ, २३ फागुन ।  मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!