धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा दुई घर र चार गोठ जलेर नष्ट भएका छन् । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो ।
हावाहुरीका कारण आगो अनियन्त्रित भई बस्तीमा पस्दा धनकुटा–९ माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए । आगलागीमा परी चारवटा गोठ र करिव एक दर्जन चौपाया जलेका छन् ।
![](https://sangalokhabar.com/wp-content/uploads/2018/03/Belahara-aagalagi-photo.jpg)
आगो नियन्त्रण हुँन नसकेकाले सो क्षेत्रका दर्जनौ घर जोखिममा रहेको मुलघाट प्रहरी चौकी प्रमुख राजेश श्रेष्ठले बताएका छन् । आगो नियन्त्रणका लागि सदरमुकामबाट नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थल गएको छ ।
प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेपनि हावाहुरीका कारण समस्या भएको छ । सो क्षेत्रमा सडकको पहुँच नभएकाले बरुणयन्त्र पुग्न नसक्दा आगो नियन्त्रणमा थप समस्या भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस् …