धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको छ । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो सामुदायिक बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो ।
आगो अनियन्त्रित भएर बस्तीमा पस्दा स्थानीय दुईवटा घर जलेर नष्ट भएको मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण हुँन नसकेमा सो क्षेत्रका दर्जनौ घर जोखिम छन् ।
प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । भीषण आगलागी भएकाले नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणबाहिर छ ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाईएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिएका छन् ।