- ईश्वर थापा/संगालोखबर

धनकुटा, २० फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई हरेक हिसावले समृद्व बनाउने बताएका छन् ।धनकुटामा आईतबार प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई समृद्व बनाउँनकै लागि आफु मुख्यमन्त्री बनेको बताएका हुन् ।

प्रदेशको सवृद्धिको आधार पर्यटन, कृषि र उद्योग भएको बताउदै मुख्यमन्त्री राईले निजी क्षेत्रसंग सहकार्य गरेर प्रदेशलाई समृद्व बनाउने प्रतिबद्वता जनाए ।

Advertisement

नेपालमा संघीयता कार्यान्वयनसंगै सम्पूर्ण प्रदेशको प्रादेशिक सरकारसमेत बनिसकेकाले अब देश स्थायी विकास र सबृद्धिउन्मुख भएको उनले बताए ।  १ नम्बर प्रदेशमा अन्य प्रदेशको भन्दा सम्भावना बढी भएकाले प्रदेशको औद्योगिक, शैक्षिक, आर्थिक सम्बृद्धिमा प्रादेशिक सरकारले जोड दिएर लाग्ने राईको भनाई छ ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन उठेका माग प्रति आफु सकारात्मक रहेको भन्दै मुख्यमन्त्री राईले माग संबोधनको प्रयास गरिने प्रतिवद्वता जनाएका छन् ।

महोत्सव उद्घाटनअघि धनकुटा बजारमा विभिन्न जातिय भेषभुषामा झाकीसहित ¥याली प्रदर्शन गरिएको थियो । उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ३० गतेसम्म चल्नेछ । महोत्सवमा १ सय ६० वटा स्टल राखिएको आयोजक समिति संयोजक उमेश घिमिरेले जानकारी दिए ।

महोत्सवमा दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएर तीन करोड भन्दा बढिको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष छ ।  महोत्सवबाट एनटीआइएसमा समावेश चिया, अदुवा, अलैची लगायत १९ प्रकारका वस्तु, औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योग र हस्तकलाका सामाग्रीको प्रचारप्रसार गरी वजार प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा लिईएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा हेलिकप्टरबाट जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको दृश्यावलोकन गराईने तथा हेलिकप्टरमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसी मन्दिर र संखुवासभाको गुफापोखरीको दर्शनका लागि टुर प्याकेजको व्यवस्था गरिएको छ । महोत्सवमा हर्स राईडिङ (घोड चढी) को पनि ब्यवस्था मिलाईएको प्रचारप्रसार समिति संयोजक बिजय सन्तोषी राईले जानकारी दिएका छन् ।

धनकुटाको विकासमा योगदान पुर्याएको भन्दै व्यवसायी कुलबहादुर प्रधानलाई मरणोपरान्त सम्मान र कृष्णराज शाक्य, क्यारीकेचर गर्ने सुदिप चपागाई धनकुटे कान्छा, साहित्य एवं गीतसंगीतमा एलपी जोशी र सञ्चारकर्मी खगेन्द्रप्रसाद घिमिरेलाई महोत्सव उद्घाटनका अवसरमा सम्मान गरिएको छ ।

महोत्सवको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!