धनकुटा महोत्सव: छ दिनमा एक करोडको कारोबार, ५० हजारले गरे अवलोकन

धनकुटा महोत्सव: छ दिनमा एक करोडको कारोबार, ५० हजारले गरे अवलोकन

धनकुटा, २५ फागुन । धनकुटामा जारी प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवमा छैठौ दिनसम्म एक करोड वरावरको आर्थिक कारोवार भएको छ । यो अवधिमा करिव ५० हजार आन्तरीक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा साँझ बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिमा दर्शकको बढी आकर्षण पाईएको प्रचार समिति संयोजक बि...
थ्री स्टारलाई हराउँदै झापा ११ फाइनलमा

थ्री स्टारलाई हराउँदै झापा ११ फाइनलमा

सुरुङ्गा (झापा),२५ फागुन  । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थ...
मोरङका नाका साँझदेखि बन्द हुने

मोरङका नाका साँझदेखि बन्द हुने

विराटनगर, २५ फागुन । सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ । अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म आवागमन पूर्णरुपले बन्द हुने मोरङका प्रजिअ रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

पाँचथर, २५ फागुन । लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो । केही समयभित्रै करिब १०० मेगावाट व...
नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्र्तगत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । सरकारसँगको सम्झौतापछि नोबेलले उक्त कोष मार्फत गत चैत अन्तिमबाट न्यून आर्थिक अवस्थाका विरामीलाई सहुलियतमा उप...
प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

विराटनगर २५ फागुन ।  मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवै...
चार दिनमा २० लाख बराबरको कारोवार, १० हजारले अवलोकन गरे

चार दिनमा २० लाख बराबरको कारोवार, १० हजारले अवलोकन गरे

धनकुटा,२५ फागुन । प्रादेशिक औधोगिक व्यापार मेला तथा कृर्षि प्रदशनी एवं चौथो धनकुटा महोत्सव चार दिनको अवधीमा १० हजार आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका एवं २० लाख बराबरको कारोबार भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, स्थानिय उद्योगवाट उत्पादित वस्तु भन्दा बाह्रिय उत्पादित बस्तु बढि...
प्रदेश १ : प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार

प्रदेश १ : प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार

विराटनगर, २५ फागुन । प्रदेश सभामा अनुशासनविपरीत काम गर्ने सदस्यलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने गरी सभा सञ्चालन नियमावलीको मस्यौदा बनाइएको छ । मस्यौदाको परिच्छेद ७ को धारा ३१ मा सभामुखको आसनको अवहेलना गर्ने वा जानीजानी अभद्र व्यवहार गर्ने सदस्यको नाम तोकेरै प्रस्ताव पेस गरी सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था छ । सोही परिच्छेदको धारा २९ मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्य...
सोल्माका अग्निपीडितलाई राहत वितरण

सोल्माका अग्निपीडितलाई राहत वितरण

तेह्रथुम, २५ फागुन । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहितको टोलीले बिहीबार आगलागीस्थलको अवलोकनसमेत गर्दै पीडित परिवारलाई नगद रु २० हजार अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गरेको हो । मंगलबार दिउँसो भएको आगलागीबाट छघर पूर्णरुपमा जलेर नष्ट भएका थिए तर पूर्णरुपमा...
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन

पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन

खोटाङ, २५ फागुन । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम प...
कुटपिटमा संलग्न तीन जना पक्राउ

कुटपिटमा संलग्न तीन जना पक्राउ

मंगलबारे, इलाम, २५ फागुन।  सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले इलाम नगरपालि...
ताप्लेजुङमा आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङमा आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चोकका आगलागी पीडित दिवाकर भट्टराईको परिवारलाई बिहीबार दिउँसो दुईवटा स्थानीय सामाजिक संस्थाले राहत प्रदान छन् । बिहीबार बिहान भएको आगलागीबाट घर गुमाएका भट्टराईको परिवारलाई अन्तर्राष्ट्रिय हरियाली मञ्च, शाखा ताप्लेजुङ र स्थानीय सोसियल युथ गाईजले राहत प्रदान गरेका हुन् । तत्कालका लागि पीडित परिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले नगद, ...
झापा गोल्डकप: त्रिभुवन आर्मी सेमीफाइनलमा

झापा गोल्डकप: त्रिभुवन आर्मी सेमीफाइनलमा

सुरुङ्गा, झापा, २४ फागुन । तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीका जर्ज प्रिन्स कार्कीले ४२ औंँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थिय...
महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

विराटनगर,२४ फागुन । एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत...
दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

सुरुङ्गा, झापा, २४ फागुन । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै ग...
फलामे खोरमा थुनिएका दाहालको उपचारका लागि सहयोग

फलामे खोरमा थुनिएका दाहालको उपचारका लागि सहयोग

आठराई, तेह्रथुम, २४ फागुन । आठराई गाउँपालिका–६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई हाल साउदी अरबमा रहनुभएका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रकम दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो । सहयोग रकम आठराई गाउँपालिका–६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद ...
अदुवा बिक्री नहुँदा किसान मारमा

अदुवा बिक्री नहुँदा किसान मारमा

खोटाङ, २४ फागुन । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताउनुभयो । “गत वर्षमा अदुवा बिक्रीबाट...
महोत्सवमा दुई करोडको कारोबार

महोत्सवमा दुई करोडको कारोबार

गाईघाट, उदयपुर, २४ फागुन । सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको दशदिने प्रदेश नं १ स्तरीय महोत्सवमा अहिलेसम्म रु दुई करोडभन्दा बढीको कारोबार भएको छ । यही फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिनुभयो । त्रियुगा उद्योग वाणिज्य संघले आयोजना ...
एसईईको केन्द्र विवादले भोजपुरमा चक्काजाम

एसईईको केन्द्र विवादले भोजपुरमा चक्काजाम

भोजपुर, २४ फागुन। यहि चैत ८ गतेदेखि हुने विद्यालय शिक्षा परीक्षा (एसईई) को केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै भोजपुरमा स्थानीयवासीले हिले-भोजपुर नारदमुनी थुलुङ्ग सहायक राजमार्ग अवरुद्ध गरेका छन् । राधाकृष्ण मावि श्यामसिला केन्द्रको ठाउँमा यसोधरा मावि कायम गरिएको भन्दै श्यामसिलाका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिसमेतको आव्हानमा बिहीबार एक घण्टा चक्काजाम गरिएको छ । संघीयताको भाव...
झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै

झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै

भद्रपुर, २४ फागुन । स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने...
भोजपुरमा लेखापाल नहुँदा अनुदान वितरण कार्य प्रभावित

भोजपुरमा लेखापाल नहुँदा अनुदान वितरण कार्य प्रभावित

भोजपुर, २४ फागुन। भोजपुरमा लेखापाल नहुँदा  त्यँहाका भुकम्पपीडितले राहात पाएका छैनन् । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा भूकम्पपीडितको रकम ३ महीनादेखि रोकिएको हो । लेखापाल नहुँदा भूकम्पपीडितको पहिलो किस्ताकै अनुदान रकम वितरण कार्य प्रभावित बनेको छ। समितिमा कार्यरत लेखापाल तथा लेखा अधिकृत अन्यत्र सरुवा भएपछि काम गर्न समस्या भएको हो । एक जना लेखापाल भदौमा र लेखा अधिकृतको पुसमा सरुवा भएको थियो । ...
पराजुली सामुदायिक अस्पतालको सेवा बन्द

पराजुली सामुदायिक अस्पतालको सेवा बन्द

इलाम, २४ फागुन । इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ । अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ एक दशकअघिदेखि सञ्चालनमा रहेको सो अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल विगत चार/पाँच वर्ष अघिदेखि नै सुनसान बन्दै गएको थियो । २०६१ सालमा डाक्टर मेघबहादुर पराजु...
तटबन्धनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

तटबन्धनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

उर्लाबारी, मोरङ, २४ फागुन । वर्षेनी वर्षायाममा दुुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले बुधबार बेलुका १ नं प्रदेशका मुुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुझाएका छन् । बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समितिमार्फत सुनसरीको इटहरीमा मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । समितिका संयोजक मानबहादुुर श्रेष्ठ, मोरङ क्षेत्र नं...
क्रियापुत्री बसेको घर आगलागीले सखाप

क्रियापुत्री बसेको घर आगलागीले सखाप

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताउनुभयो । ...
स्नातकोत्तरका लागि महायज्ञबाट एक करोड संकलन

स्नातकोत्तरका लागि महायज्ञबाट एक करोड संकलन

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा  एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ । स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट कूल रु एक करोड ८५ लाख ३२४ संकलन भएको आर्थिक प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ । सोमध्ये रु ७७ लाख १५ हजार ११६...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २४ फागुन। मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालक उर्लाबार...
देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ: मुख्यमन्त्री राई

देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ: मुख्यमन्त्री राई

इटहरी, २३ फागुन ।  प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को आज उद्घाटन गर्दै उहाँले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन...
सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा

सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा

सुरुङ्गा (झापा), २३ फागुन । झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाए...
जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गर्नुभयो । अबको एजेन्डा भनेको मुलुकको विका...
धनकुटाका आगलागी पीडितलाई राहत वितरण

धनकुटाका आगलागी पीडितलाई राहत वितरण

धनकुटा, २३ फागुन । धनकुटा नगरपालिका–९ माङडाँडाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । मंगलवार दिउँसो आगलागीमा परी घर जलेर नष्ट भएका पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटी धनकुटा र उद्योग बाणिज्य संघ धनकुटाले राहत सामाग्री वितरण गरेको हो । आगलागीको जानकारी पाउँनासाथ गएर पीडित परिवारलाई राहत वितरण गरिएको रेडक्रस जिल्ला सभापति नरेन्द्र पोख्रेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार रेडक्रसको ...
विकासका लागि प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्नु आवश्यक : मुख्यमन्त्री रार्इ

विकासका लागि प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्नु आवश्यक : मुख्यमन्त्री रार्इ

विराटनगर, २३ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र स्थानीय तह मिलेर काम गरे मात्रै विकास हुने बताएका छन् । नेपाल नगरपालिका संघ प्रदेश १ को भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै ऐन निमार्ण गरेर स्थानीय तहसँगको सहकार्यमा विकास निमार्णका कामलाई अघि वढाउने बताए । उनले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी जनतालाई दिने सेवालाई प्रभावकारी बनाउने तर्फप...
error: Content is protected !!