हलेसीमा डिपबोरिङमार्फत खानेपानी

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, १२ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुर...
दुर्घटनामा परी धनकुटाका श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु

दुर्घटनामा परी धनकुटाका श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु

झापा, ११ बैशाख । झापाको कनकाई नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी धनकुटाका एक दम्पतीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको दुर्गापुर सडकखण्डमा अपरान्ह टिपरले ठक्कर दिदा स्कुटरमा सवार धनकुटा–४ देव्रेवासका ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ छ.८०१८ नम्बरको टिपरको ठक्करबाट को.१६ प. ४२०८ नम्बरको स्कुट...
नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक, ११ वैशाख ।  विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक/एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन विष्टले जानक...
धनकुटाको निशान मन्दिरमा महायज्ञ हुने

धनकुटाको निशान मन्दिरमा महायज्ञ हुने

धनकुटा, १० बैशाख । धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा श्रीमद्देवी भागवत पुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरी जेठ २ देखि १० गतेसम्म महायज्ञ सञ्चालन गरिने जानकारी दिएको हो । निशान भगवती मन्दिरको विकास र प्रचारप्रसारका लागि महायज्ञ सञ्चालन गर्न लागिएको मुल आयोजक समितिका उप–संयोजक सुवासचन्द्र जोशीले जानकारी दिएका छन् । उनका अनुसार हिन...
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

विराटनगर, १० वैशाख । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् ...
टेम्पो चलाएर मासिक ५० हजार कमाइ

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

सुरुङ्गा, (झापा), ९ वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ । बीस महिनाअघि स्वदेश फर्कनुभएका उहाँ अहिले टेम्पो चलाउन व्यस्त हुनुहुन्छ । झापाका ग्रामीण क्षे...
जडीबुटी प्रशोधन उद्योग स्थापना

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम, १० वैशाख । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थाेपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको हो । उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसी...
प्रदेश १ मा धमाधम कानुन बन्दै, सबै मन्त्रालय कानुन निर्माणमा व्यस्त

प्रदेश १ मा धमाधम कानुन बन्दै, सबै मन्त्रालय कानुन निर्माणमा व्यस्त

विराटनगर, ९ वैशाख । प्रदेश १ का मन्त्रालयहरु धमाधम कानून निर्माणका जुटेका छन् । अहिलेसम्म प्रदेश १ मा दुई विधेयक पारित भइसकेको छ भने आधादर्जन संसदमा टेबुल भएका छन् । त्यस्तै एक दर्जन बढी विधेयकका मस्यौदा तयार भई संसदमा टेबुल गर्नका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिने प्रक्रियामा छन् । प्रदेशका मन्त्रालयहरुले दुई दर्जन विधेयक निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्धा...
सिधुवाले जित्यो वडा स्तरीय फुटवलको उपाधि

सिधुवाले जित्यो वडा स्तरीय फुटवलको उपाधि

सिधुवा, ९ बैशाख । छथर जोरपाटी–६ सिधुवाले वडा स्तरीय लिग कप नकआउट फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सिधुवा बजारको खेल मैदानमा भएको फाइनलमा वडा नं. ५ परेवादिनलाई १–० गोल अन्तरले पराजित गर्दै सिधुवाले उपाधि जितेको हो । प्रतिष्प्रधात्मक खेलमा सिधुवाका ज्ञान गुरुङ्गले पहिलो हाफको ३४ औं मिनेटमा गरेको एक मात्र गोलनै उपाधिका लागि निर्णायक बन्यो । उपाधि विजेता सिधुवाले ५० हजार नगदसहित ट्रफी पाएको छ भ...
तेह्रथुमका चौध स्वास्थ्य सस्थामा गर्भपतन सेवा

तेह्रथुमका चौध स्वास्थ्य सस्थामा गर्भपतन सेवा

तेह्रथुम, ९ वैशाख । तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ । सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन् । कानुनी रुपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थाले...
माइभ्याली गोल्डकप : संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वाटरफाइनलमा

माइभ्याली गोल्डकप : संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वाटरफाइनलमा

मंगलबारे, इलाम ८ चैत । सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । प्रतिष्पर्धात्मक खेलमा ३१ आँैं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका ...
प्रदेशका मन्त्री आङ्बोद्वारा राससको निरीक्षण

प्रदेशका मन्त्री आङ्बोद्वारा राससको निरीक्षण

विराटनगर, ८ वैशाख । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ । रासस प्रदेश कार्यालयको आज स्थलगत निरीक्षण गर्दै यस कार्यालयलाई आवश्यक पर्ने सञ्चार उपकरणलगायतका सामग्री सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । प्रदेश सरकारसँग सीमित साधनस्रोत रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आङ्बोले...
कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

पाँचथर, ८ वैशाख। पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झ...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताललाई सम्मान

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताललाई सम्मान

बिराटनगर, ८ बैशाख । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाललाई सम्मानपत्र प्रदा...
धनकुटामा सुँगुरको टोकाईबाट एक जनाको मृत्यु

धनकुटामा सुँगुरको टोकाईबाट एक जनाको मृत्यु

धनकुटा, ८ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सुँगुरको टोकाईबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर जोरपाटी–४ तेलियाका ६२ बर्षीय छत्रबहादुर लिम्वु छन् । छिमेकी तेजबहादुर लिम्वुको घरबाट सुँगुर लिएर घर जाँदै गर्दा छत्रबहादुरलाई सुँगुरले तिघ्रामा टोकेको थियो । सुँगुरको टोकाईबाट अत्याधिक रक्तश्राव भई लिम्बुको मृत्यु भएको सिधुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक धनलाल श्रेष्ठले संगा...
धनकुटाको सल्लेरी बन ब्यवस्थापनको बिषयमा अन्र्तक्रिया

धनकुटाको सल्लेरी बन ब्यवस्थापनको बिषयमा अन्र्तक्रिया

धनकुटा, ७ बैशाख । धनकुटाको सल्लेरी राष्ट्रिय बनको बैज्ञानिक ब्यवस्थापन कार्ययोजना कार्यान्वयन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक टंक चुवानले बैज्ञानिक बन ब्यवस्थापन फलदायी हुने बताउँदै यो ब्यवस्थापनले सल्लेरी बन उदाहरणीय बन्ने अपेक्षा ब्यक्त गरे । प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले पनि बैज्ञानिक बन ब्यवस्थापन राम्रो रहेको उल...
बालिकाको हत्या

बालिकाको हत्या

विराटनगर, ८ बैशाख । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको हत्या भएको छ। मलदैया टोल बस्ने ताइफुर मियाँकी छोरी सात वर्षीया आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको प्रदेश १ प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ। घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो। शव परीक्षणका लागि रं...
तेह्रथुमका एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुमका एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम, ७ वैशाख ।  तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नि...
ताप्लेजुङ -पाथीभरा पदमार्ग निर्माणको तयारी

ताप्लेजुङ -पाथीभरा पदमार्ग निर्माणको तयारी

ताप्लेजुङ, ७ वैशाख। ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो । सरोकार केन्द्रले पाँचथरबाट पदमार्गको विकास गरी ती ठाउँको प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको पदयात्राका संयोजक ...
‘तोकिएको समयबाहेक गुडाएको भेटिए कारबाही गर्छौं’

‘तोकिएको समयबाहेक गुडाएको भेटिए कारबाही गर्छौं’

अर्जुनधारा, झापा ७ वैशाख। स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ । नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न...
धनकुटामा बिद्यार्थीले गरे रक्तदान कार्यक्रम

धनकुटामा बिद्यार्थीले गरे रक्तदान कार्यक्रम

धनकुटा, ७ बैशाख । नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसको अवसर पारेर धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा भएको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । क्याम्पस परिषरमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राई, नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सागर प्रसाईसहित बिद्यार्थी नेता लगायतले रक्तदान गरेको नेपाल...
तमोरमा जलाशययुक्त आयोजना अघि बढाईदै

तमोरमा जलाशययुक्त आयोजना अघि बढाईदै

काठमाडौं, ७ वैशाख  । नेपाल विद्युत प्राधिकरणले तमोर नदीमा जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अघि बढाउन लागेको छ । प्राधिकरणले हालैमात्र यसको विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । यो आयोजनाको डीपीआर एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा बन्न लागेको छ । यसको डीपीआर निर्माणका लागि ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । तमोर जलाशययुक्त आयोजना प्रमुख प्रेमच...
​दमकमा घरको छतबाट खसेर महिलाको मृत्यु

​दमकमा घरको छतबाट खसेर महिलाको मृत्यु

दमक, ७ वैशाख। घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ । श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफ...
कोशी राजमार्गमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

कोशी राजमार्गमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर, ७ वैशाख ।  विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ । को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फर...
संखुवासभामा ब्लड बैंक नहुँदा समस्या

संखुवासभामा ब्लड बैंक नहुँदा समस्या

संखुवासभा, ७ वैशाख । पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रग...
बिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र

बिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र

इटहरी, ७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको परिसरमा चिकित्सकीय सेवाको विस्तारसँगै विशिष्टीकरण अभियानअन्तर्गत दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवन निर्माण कार्य अलपत्र पर्दा निर्माण कम्पनीसमेत अप्ठ्यारोमा परेको छ । प्रतिष्ठानले दुई वर्षअघि विेशेष महत्व दिँदै स्वास्थ्य मन्त्रालयसमेतको स्वीकृतिमा ४०० श्ययाको मातृशिशु एवं प्रसूति भवन निर्माण गर्ने यो...
संखुवासभामा नोबेलको निःशुल्क शिविर, वाईस सय विरामी लाभान्वित

संखुवासभामा नोबेलको निःशुल्क शिविर, वाईस सय विरामी लाभान्वित

संखुवासभा, ६ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले संखुवासभाको वानामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार २ सय बिरामी लाभान्वित भएका छन् । वाना नगरपालिका कार्यालयसँगको सहकार्यमा गरिएको शिविरबाट २ हजार १ सय ६२ जनाले निःशुल्क उपचार पाएका हुन् । स्थानीय वाना माध्यमिक बिद्यालयमा भएको शिविरमा छिमेकी जिल्ला तेह्रथुमका विरामी पनि उपचारका लागि आएका थिए । शिविरमा आँखा रोग, जनर...
प्रदेश १ को नामाकरण र स्थायी राजधानी तोक्न कसरत सुरु

प्रदेश १ को नामाकरण र स्थायी राजधानी तोक्न कसरत सुरु

विराटनगर, ६ वैशाख । प्रदेश १ को नामाकरण र स्थायी राजधानीका विषयमा छलफल सुरु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिनापछि प्रदेशको नामाकरण र राजधानीका विषयमा सरकारले प्रवेश गरेको हो । मुख्यमन्त्री शेरधन राईले बिहीबार संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानी लगायतका विषयमा छलफल गरेका हुन । प्रदेश सरकारको नामाकरण र स्थायी राजधानीको टुंगोका विषयमा भने प्रदेश सभामा प्रबेश पाएक...
भोजपुरमा आँखा अस्पताल उद्घाटन

भोजपुरमा आँखा अस्पताल उद्घाटन

भोजपुर, ६ वैशाख । जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ । कार्यक्रममा जापानी राजदूत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदै नवनिर्मित आँखा अस्पतालबाट स्थानीय बासिन्दाले...
तेह्रथुमका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुमका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुम, ६ वैशाख ।  तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थ...
हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

खोटाङ, ६ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ । ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न गढी...
error: Content is protected !!