- ईश्वर थापा/संगालोखबर

धनकुटा, १० बैशाख । धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा श्रीमद्देवी भागवत पुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरी जेठ २ देखि १० गतेसम्म महायज्ञ सञ्चालन गरिने जानकारी दिएको हो ।

Advertisement

निशान भगवती मन्दिरको विकास र प्रचारप्रसारका लागि महायज्ञ सञ्चालन गर्न लागिएको मुल आयोजक समितिका उप–संयोजक सुवासचन्द्र जोशीले जानकारी दिएका छन् ।

उनका अनुसार हिन्दु धर्मको संरक्षण र श्रीमद् देवी भागवतको महत्व जनाउँन पनि महायज्ञ महत्वपूर्ण हुनेछ । महायज्ञमा उठेको भेटी मन्दिरको अक्षयकोषमा जम्मा गरिनेछ । हाल उक्त कोषमा १० लाख छ ।

महायज्ञका लागि मुल आयोजक समिति बनाएर तयारी तिव्र पारिएको महायज्ञ प्रचारप्रसार समिति संयोजक जनार्दन घिमिरेले बताएका छन् ।

दिनबन्धु पोख्रेलले मुल कथा बाचन गर्ने महायज्ञमा रुद्रि अभिषेक, प्राण प्रतिष्ठा, श्रीमद कथा बाचन, भजन कृतन हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!