- संगालोखबर सम्वाददाता

झापा, ११ बैशाख । झापाको कनकाई नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी धनकुटाका एक दम्पतीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको दुर्गापुर सडकखण्डमा अपरान्ह टिपरले ठक्कर दिदा स्कुटरमा सवार धनकुटा–४ देव्रेवासका ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement
मृतक श्रेष्ठ दम्पती ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ छ.८०१८ नम्बरको टिपरको ठक्करबाट को.१६ प. ४२०८ नम्बरको स्कुटरमा सवारी दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिएका छन् ।

दुर्घटनास्थल ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर धनकुटा घर फर्किने क्रममा दुर्घटना भएको परिवार स्रोतले जनाएको छ । झापाको पृथ्वीनगरबाट धनकुटा आउँदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

ठक्करदिने टिपरलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!