मंगलबारे, इलाम ८ चैत । सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

आज इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा ३१ आँैं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका थिए । पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल सिक्किमको उत्कृष्ट प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

दोस्रो हाफमा संकटा खेलमा फर्कियो । उसले आक्रामक शैलीमा खेल प्रदर्शन ग¥यो । विपक्षीलाई दबाबमा राख्न सफल संकटाले दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।

खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार दुर्गापुर स्टिल टिएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

यही १७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु छ लाख ६६ हजार ६६ र उपविजेताले रु चार लाख पुरस्कार पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!