ईश्वर थापा/संगालोखबर

धनकुटा, ८ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सुँगुरको टोकाईबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर जोरपाटी–४ तेलियाका ६२ बर्षीय छत्रबहादुर लिम्वु छन् ।

Advertisement

छिमेकी तेजबहादुर लिम्वुको घरबाट सुँगुर लिएर घर जाँदै गर्दा छत्रबहादुरलाई सुँगुरले तिघ्रामा टोकेको थियो ।

सुँगुरको टोकाईबाट अत्याधिक रक्तश्राव भई लिम्बुको मृत्यु भएको सिधुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक धनलाल श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

छत्रबहादुरले छिमेकीको घरबाट सुँगुर लिएर एक्लै घर जाँदै थिए । तर, केहि समयपछि सुँगुर पुनः तेजबहादुरकै घरमा फर्कियो । तर, छत्रबहादुर नआएपछि खोजि गर्दा उनी मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

तत्काल प्राथमिक उपचारसमेत नपाउँदा अत्याधिक रक्तश्रावका कारण लिम्बुको मृत्यु भएको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!