संखुवासभा, ७ वैशाख । पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

Advertisement

जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

जिल्लामा नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यहाँ ब्लड गु्रप छुट््याउने काम मात्र हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ ।

गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् । बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्तसञ्चार भवन र आधुनिक उपकरणका लागि तीन वर्षअघि नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्यालयमार्फत अनुरोधपत्र पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोजकुमार बज्राचार्यले बताउनुभयो ।

आधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको अध्याक्ष बज्राचार्यले बताउनुभयो । ब्लड बैंक स्थापनाका लागि जिल्लाका सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने अध्यक्ष बज्राचार्यको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!