विराटनगर, ८ वैशाख । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

Advertisement

रासस प्रदेश कार्यालयको आज स्थलगत निरीक्षण गर्दै यस कार्यालयलाई आवश्यक पर्ने सञ्चार उपकरणलगायतका सामग्री सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।

प्रदेश सरकारसँग सीमित साधनस्रोत रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आङ्बोले यस कार्यालयका लागि नयाँ भवन नै निर्माण हुनुपर्ने देखिएको सुझाव दिनुभयो ।

रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल ‘शुलभ’ले प्रदेश नं १ अन्तर्गत विराटनगर र झापाको कार्यालयको भौतिक अवस्थाबारे जानकारी गराउँदै विराटनगरमा कार्यालय भवनको निर्माण वा मर्मतका लागि प्रदेश सरकारबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रदेश नं १ रासस कार्यालयका प्रमुख प्रभाषचन्द्र झाले प्रदेश सरकार र प्रदेशको संसद्को गतिविधिलाई समाचारमा प्रमुखता दिँदै आइरहेको जानकारी गराउँदै नेपालको एकमात्र समाचार संस्थालाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा राससका वरिष्ठ समाचारदाताद्वय सुरेश झा, मोहम्मद सदरुल र समाचारदाता मनोज दाहालले मन्त्री आङ्बोलाई कार्यालयको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!