नवनित खड्का/संगालोखबर

सिधुवा, ९ बैशाख । छथर जोरपाटी–६ सिधुवाले वडा स्तरीय लिग कप नकआउट फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सिधुवा बजारको खेल मैदानमा भएको फाइनलमा वडा नं. ५ परेवादिनलाई १–० गोल अन्तरले पराजित गर्दै सिधुवाले उपाधि जितेको हो ।

Advertisement

प्रतिष्प्रधात्मक खेलमा सिधुवाका ज्ञान गुरुङ्गले पहिलो हाफको ३४ औं मिनेटमा गरेको एक मात्र गोलनै उपाधिका लागि निर्णायक बन्यो । उपाधि विजेता सिधुवाले ५० हजार नगदसहित ट्रफी पाएको छ भने उपविजेता परेवादिनले ३० हजार र ट्रफीमा चित्त बुझाएको छ ।

खेलमा सिधुवाका साँगे शेर्पा उत्कृष्ट फरवार्ड र परेवादिनका सुजल लिम्बु उत्कृष्ट मिडफिल्डर बने । सिधुवाका दिवस भुजेलले उत्कृष्ट गोल रक्षक र वडा नंं. १ हात्तिखर्कका मनिश्वर गोम्देनले सर्वाधिक गोलकर्ताको उपाधि पाए ।

त्यस्तै सिंधुवाका विक्रम लिम्बुले म्यान अफ द सिरिज र सिंधुवाकै तेन्जि शेर्पाले उत्कृष्ट गोल रक्षकको उपाधि पाएका छन् ।

चार दिनसम्म सञ्चालित प्रतियोगितामा छथर जोरपाटी गाउँपालिकाका ६ वडाका टिमवीच उपाधिका लागि प्रतिष्प्रधा भएको आयोजक छथर जोरपाटी गाउँ खेलकुद बिकास समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!