धनकुटा, ७ बैशाख । धनकुटाको सल्लेरी राष्ट्रिय बनको बैज्ञानिक ब्यवस्थापन कार्ययोजना कार्यान्वयन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक टंक चुवानले बैज्ञानिक बन ब्यवस्थापन फलदायी हुने बताउँदै यो ब्यवस्थापनले सल्लेरी बन उदाहरणीय बन्ने अपेक्षा ब्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले पनि बैज्ञानिक बन ब्यवस्थापन राम्रो रहेको उल्लेख गर्दै सकेसम्म छिटो सक्नुपर्ने आवश्यकता औल्याए । महिनौदेखि बन क्षेत्रमा ढलेका र सुकेका रुख हटाउँने ब्यवस्था गरी राजश्व नोक्सानीबाट बचाउन प्रजिअ उप्रेतिले बन कार्यालयलाई सुझाव पनि दिए ।
सो अवसरमा जिल्ला बन अधिकृत कृष्ण प्रसाद वस्तीले हालको बन ब्यवस्थापन कार्यायोजना लामो अबधिको भएतापनि यसको परिणामको आधारमा कार्यायोजना परिमार्जन गरि छोट्याउँन सकिने प्रष्ट परे । कार्यक्रममा जिल्ला बन अधिकृत वस्तीले बैज्ञानिक बन ब्यवस्थापनको बिषयमा जानकारी गराएका थिए ।
बैज्ञानिक बन ब्यवस्थापनको सुरुवाती चरण राम्रो पाएको भन्दै नागरिक समाजका अध्यक्ष द्रोर्ण गुरागाईले बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रमको प्रसंसा गरे । सो अवसरमा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र खड्काले बन क्षेत्रमा हुने गरेको आगलागीले पुर्याउँने नोक्सानीका बिषयमा पनि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
बैज्ञानिक बन ब्यवस्थापन सम्बन्धि बृतचित्त हेर्नुहोस्…