विराटनगर, ८ बैशाख । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको हत्या भएको छ। मलदैया टोल बस्ने ताइफुर मियाँकी छोरी सात वर्षीया आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको प्रदेश १ प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो। शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!