कैदी-बन्दीलार्इ मनाेरञ्जन दिन कारागारमा हाँस्यव्यङ्ग्य शिविर
भद्रपुर, १५ असोज । गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे ।
कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हाँस्यव्यङ्ग...
























