संगालोखबर सम्वाददाता

धनकुटा, १० असोज । धनकुटामा रहेको एक मात्र हेल्थ क्याम्पस धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट संयुक्त विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त रुपमा बुधबार तालाबन्दी गरेका हुन् । गत सोमबार उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थी भर्नामा प्राबिधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद भक्तपुरले तोकेको भन्दा बढि शुल्क विद्यार्थीहरुबाट लिएको कुरा प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

शुल्क वृद्धि कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अनेरास्ववियु जिल्ला संयोजक अकिंत थापा र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष पदमराज रखालद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत विधी, पद्धती भन्दा बाहिर गएर विद्यार्थीहरुबाट मनोमानी दंगले यसरी लिएको शुल्कबाट धेरै विद्यार्थीहरुलाई असहज भएको हुँदा यस्तो कार्य तत्काल रोकी तोकेको शुल्क कायम गरि अनावश्यक रुपमा लिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेका थिए ।

दुईदिन भित्र सम्पूर्ण विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गरि यो समस्या समाधान गर्न जानकारी गराए पनि क्याम्पस प्रशासनले वास्ता नगरेका कारण तालाबन्दीमा उत्रन बाध्य भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष रखालले जानकारी बताए ।

यो निर्णय नसच्चयाएसम्म क्याम्पसको ताला नखोलिने उनीहरुको अडान छ। अल्टिमेटम दिँदा समेत क्याम्पस प्रशासनले कुनै चासो नलिएका कारण क्याम्पसमा तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका जिल्ला संयोजक थापाले बताएका छन् ।

यो समाचार पनि पढनुहोस्…

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले गर्यो भारी शुल्क वृद्धि, बिद्यार्थी संगठनद्वारा बिरोध

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!