प्रेम देवान/संगालोखबर

मोरङ, १२ असोज । साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्त पूर्व नायव प्रहरी महानिरिक्षक डिआईजी गोविन्दप्रसाद निरौलालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले उल्ट्याएको छ ।

Advertisement

निरौलाले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवेदनमा उच्च अदालतका न्यायाधिशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत मोरङले जेठ ८ गते गरेको आदेश प्रतिवादी खनालको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश गरेको छ ।

साढे३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका १८ अभियुक्तको बिहीबार पेसी तोकिएको थियो । जसमध्ये १७ जनाको हेर्न नभ्याउनेमा परेका थिए ।

यसअघि निलम्बित वरिष्ठ प्रहरी उपरिक्षक दिवेश लोहनी, प्रहरी उपरिक्षक विकासराज खनाल र प्रहरी नायव उपरिक्षक प्रजित केसी पनि साधारण तारेखमा छुटेका थिए । अन्य प्रतिवादीको हकमा जिल्ला अदालतका फैसल सदर भएका छन् भने प्रहरी अधिकारीहरुको हकमा भने फैसलाहरु बदर भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!