धनकुटा, ९ असोज । गिरिजा प्रसाद कोईराला प्रतिष्ठानको प्रदेश संयोजकमा धनकुटाकी नेतृ इन्दिरा थापा नियुक्त भएकी छन् ।
कांग्रेस नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त प्रतिष्ठानको १ नम्बर प्रदेश संयोजकमा थापालाई चयन गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष एवं स्व.कोइराला पुत्री सुजता कोइरालाले थापालाई प्रदेश संयोजकमा मनोनित गरेकी हुन् । संयोजकमा नियुक्त भएपछि थापाले प्रतिष्ठानको प्रदेश समितिलाई चाडै पूर्णता दिने प्रतिक्रिया दिईन् ।
कांग्रेस महासमिति सदस्य तथा धनकुटाका २ नम्बर क्षेत्रीय सभापतिसमेत रहेकी थापा केयर वुमन नेपालको सस्थापक अध्यक्ष पनि हुन् ।