संगालोखबर सम्वाददाता

धनकुटा, १२ असोज । मुलुकभरमा धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने आठपहरिया जातिले आफ्नो संस्था किरात आठपहरिया समाज नेपालको १७ औं स्थापना दिवस भव्य रुपमा मनाएका छन् ।

Advertisement

धनकुटाको विहिवारे हाट लाग्ने स्थानमा रहेको मार्गा थानस्थित केन्द्रीय कार्यालय हातामा दिवस मनाईएको हो । सो अवसरमा धनकुटा नगरलाई आठपहरिया स्वायत्त क्षेत्रमा सुचिकृत गरिन जोड दिएका छन् । दिवस मनाउन भेला भएका सहभागीले विहिवार सो कुरा बताएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष सारमाया आठपहरियाले नगरलाई ऐतिहासिकता जोडिएको जाति आठपहरियाको नाममा सुचिकृत गर्नु पर्ने बताइन् । यस्तै समाजका केन्द्रीय महासचिव सूर्यबहादुर आठपहरियाले अल्पसंख्यक जातिको जातिय संस्कृति, भाषा तथा लिपीको लागि आफुहरु जुटेको बताए ।

यस्तै संस्थाका पुर्व अध्यक्ष लालकुमार किङ्गदाम, ध्रुबकुमार छारा, जमानध्वज किङ्गदामलाई सम्मान समेत गरिएको थियो । यस्तै शिक्षा तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने आठपहरिया जातिका युवा युवतिलाई प्रमुख अतिथी प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जम्शेर राइ,  वडा नं. ८ का वडाध्यक्ष सुमन राइ र आदिवासी जनजाति महासंघका अध्यक्ष सन्जय राइ लगायतले सम्मान गरेका थिए । सो अवसरमा आठपहरिया जातिको लोकप्रिय ढोल नाच समेत प्रस्तुत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!