प्रेम देवान/संगालोखबर

विराटनगर, ९ असोज । एरिका फिल्मस् प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका नायक तथा नायिका विराटनगरमा आईपुगेका छन् ।

Advertisement

आगामी आसोज १२ गते शुक्रबार नेपालभर प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार–प्रसार गर्ने अभियानमा मंगलबार विराटनगर आएका हुन् ।

नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नव—नायक समुन्द्र पण्डितले डेब्यु गरेको चलचित्र ‘अनुराग’ हो । पत्रकार सम्मेलनमा नायक नायिकाले भने ‘यो हाम्रो दुवैको डेव्यू फिल्म हो, यो एउटा प्रेम र संगीत क्षेत्र समेटिएको कथावस्तु रहेको छ ।’ उनीहरुले भने, ‘एकपटक हलसम्म पुगेर हेर्नुहोस ! तपाईहरुको प्रतिक्रिया लिने पर्खाइमा रहेका छौँ ।’ उनीहरुले धेरै मेहनत गरेर यो फिल्मलाई अनुरागको आभाष दिने प्रयास गरेको बताए । नयाँ सोच, नयाँ जोश र जाँगरका साथ नेपाली चलचित्रमा भित्रिएको नव नायिका गौतमले बताईन् ।

चलचित्रको कथावस्तु फरक भएकाले आफ्नो पुरानो सपना पुरा गर्नको लागि आफु तयार भएर यो क्षेत्रमा प्रवेश गरेको गौतमले पत्रकार सम्मेलनमा बताईन् । उनले भनिन् ‘म नेपालमा रहँदा यस क्षेत्रमा लागेर केही गर्ने सपना थियो, त्यसपछिका केही वर्ष म क्यानडामा बसे, फेरी पनि नेपाल फर्किएर पुरानो सपना पुरा गर्नको लागिपरेकी छु।’

एलिजा र समुन्द्रको सांगीतिक प्रेम सम्बन्धमा आधारित यस चलचित्रमा सरोज खनाल, ठिलेंन लामा, राजाराम पौडेल, शिशिर राना, विश्व बस्नेत, मोहन निरौला, रुपा राना लगायतले पनि अभिनय गरेका छन् । सत्यराज चौलागाईंले चलचित्रको निर्देशन गरेका हुन् भने ऋषि धमला फिल्मको प्रस्तुतकर्ता हुन् ।

 

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!