पदम राइ/संगालोखबर

साँगुरिगढी, १४ असोज । धनकुटा साँगुरिगढी ९ आहालेमा चार जना उद्यमी मिलेर कउप बहुउद्देश्य कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।

Advertisement

स्थानीय भुपाल राई , हर्कराज राई, हरिकुमार राई , र दिलबहादुर राई मिलेर ५० लाखको संयुक्त लगानिमा फर्म सुरु गरेका हुन्। एउटा बोयर जातको बोका र २० वटा माउबाट ब्यावसायिक बाख्रापालन सुरु गरिएको फर्मका प्रबन्ध निर्देशक भुपाल राईले बताए।

उक्त कृषि फर्ममा १६ जातका घाँस खेति र अङगुर, सुन्तला, आँप लिची, एबोकाडो जस्ता फलफुल खेति पनि सुरु गरिएको छ। आगामी अढाई वर्षमा बोयर जात ५ सय माउ बनाउने लक्ष्य रहेको प्रबन्ध निर्देशक राईले बताए।

आगामी वर्ष देखि सुँगुर भैसी, गाई पालन पनि सुरु गरिने भएको छ। बाख्रापालनको लागि रचन क्षेत्र घेराबार गरिसकेकोले गोठालेको आवश्यक नहुने उनले बताए। घाँस खेतिको लागि उत्तm कृषि फर्म स्रोत केन्द्र बनाउने योजना रहेको जनाईएको छ।

सो फर्म वैज्ञानिक तरिकाले संचालन गर्ने प्रबन्ध निर्देशक राईले बताए। विदेशमा दुख गरेर पैसा कमाउनु भन्दा आफै गाउँठाउँमा परिवारसंग व्यवशाय गर्नु उचित रहने उनको भनाई छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!