विराटनगर, १४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘कृषिक्षेत्रको विकासमा सरकारी र निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आधुनिक कृषियन्त्र र उच्च नवीन प्रविधिको प्रयोगबाट कृषि उत्पादन वृद्धि गरी छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले पहाडी तथा तराईका जिल्लाहरु जडिबुटी, तरकारी र खाद्यान्नलगायत नगदे बाली उत्पादन भण्डारको रुपमा रहेको बताउँदै यसको उचित सदुपयोगबाट कृषिमा आत्मनिर्भर हुनसक्ने आधार रहेको बताए।

कृषि क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिसकेको बताउनुहुँदै उनले कृषिक्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने तथा रोजगारी सिर्जना गर्ने विषयमा समेत प्रदेश सरकारको ध्यान केन्द्रित रहेको विचार व्यक्त गरे ।

मुख्यमन्त्री राईले कृषि क्षेत्रको विकासका लागि नै केही दिन अगाडि विराटनगरमा कृषि निर्देशनालय स्थापना गरिएको बताउँदै अन्य जिल्लामा समेत कृषि कार्यालय स्थापना गरेर कृषि उत्पादनका लागि बजेट परिचालन गरिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!