भोजपुर, १२ असोज । अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् ।

चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गए पनि व्यवस्थापनले नियमित पठनपाठन गराएको छ ।

Advertisement

मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य पाँच जनाले गणित र विज्ञानबाहेक सम्पूर्ण कक्षा नियमित रुपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद आचार्यले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!