उदयपुरमा टिपरको ठक्करबाट मृत्यु
गाईघाट, २५ फागुन । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक नि...





























