आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ
काठमाडौँ, १० असार । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अग्रवालले काठमाडौँ महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्ष...






























