राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

धनकुटा, २८ चैत । धनकुटामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदकसहित ५ रजत जितेर भानु माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ । कपर्टी, एथ्लेटिक्स, महिला भलिवल, पुरुष भलिवल लगायत खेलमा प्रथम हुदै भानु मा.वि.डाँडाबजार प्रतियोगितामा बिजयी बनेको हो । भानु मा.वि.ले यो सँगै लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । त्यसैगरी ५ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित कुरुल...
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइट...
डीपीएल: काठमाडौँ गोल्डेन्स पराजित, धनगढी फाइनलमा पक्का

डीपीएल: काठमाडौँ गोल्डेन्स पराजित, धनगढी फाइनलमा पक्का

धनगढी, २७ चैत।  दुई बलमा छ रनको आवश्यकता परेको अवस्थामा पहिलो बल सामना गरेका संसाद शेखले छक्का प्रहार गर्दै टीम चौराहा धनगढीलाई फाइलनमा पुर्‍याएका छन् । मंगलबार भएको पहिलो क्यालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो । १२८ रनको झिनो लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।धनगढीको जीतमा रोहन मुस्ताफाले ३३, शंकर रानाले २८, सोनु ता...
डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी, २७ चैत । धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उ...
थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

विराटनगर, २६ चैत । थ्री स्टारले विराट गोल्डकपको उपाधि चुमेको छ । बिराटनगरमा सोमबार राति सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधिमाथि कब्जा जमाएको हो । थ्री स्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परे । विराट गोल्डकपको पाँचौ संस्करणको फाईलनमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन । पटक-पटक पाएको म...
पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर,२६ चैत । सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफक...
डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

धनगढी, २५ चैत।  रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्...
त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

विराटनगर, २४ चैत ।  त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो ।आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । आर्मीले यो सिजन सात वटा नकआउट उपाधि जितिसकेको छ । आर्मीको जित...
धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी, २१ चैत ।  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रु...
धनगढी प्रिमियर लिग: टिम चौराह धनगढी विजयी

धनगढी प्रिमियर लिग: टिम चौराह धनगढी विजयी

धनगढी, २० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ । संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै...
विराट गोल्डकप : आज एपीएफ र संकटा भिड्दै, झापा सेमिफाइनल प्रवेश

विराट गोल्डकप : आज एपीएफ र संकटा भिड्दै, झापा सेमिफाइनल प्रवेश

विराटनगर, २० चैत। विराटनगरमा जारी विराट गोल्डकपमा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र संकटा क्बल बीच खेल हुँदैछ। खेल विराटनगरको शहीद रंगशालमा हुनेछ। यस्तै, सोमबार भएको खेलमा मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता झापा–११ सेमिफाइनलमा पुगेको छ। झापाले मोरङलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको हो। जितको लागि झापाका योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र...
डिपिएल क्रिकेटः काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

डिपिएल क्रिकेटः काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

धनगढी, १९ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाई १८६ रन बनायो । एक सय ८७ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्स १८ दशमलव चार ओभरमा सबै वि...
मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

बुटवल, १९ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ । मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो । खेल शुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लब...
धनगढी प्रिमियर लिग: टिम चौराह तीन विकेटले विजयी

धनगढी प्रिमियर लिग: टिम चौराह तीन विकेटले विजयी

धनगढी, १९ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात वि...
क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

रत्ननगर, चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । “भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले आज यहाँ पत्रकारसँग भन्नुभयो, क्रिकेटका लागि चितवन आउ...
डीपीएल: महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर किङ्ग्स ३३ रनले पराजित

डीपीएल: महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर किङ्ग्स ३३ रनले पराजित

धनगढी, १८ चैत । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्र्तगत  आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको हो। राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर किङ्ग्स एभरेष्ट प्रिमियर लिगको च्याम्पियन समेत हो । तर, महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर अन्तिम ओभर खेल...
धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

काठमाडौं, १८ चैत  । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको...
विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु

विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर...
आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

धनगढी,भीमदत्तनगर, १८ चैत। गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो । यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्ल...
धनगढी प्रिमियर लिग आजदेखि

धनगढी प्रिमियर लिग आजदेखि

धनगढी, १७ चैत। शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्। डिपिएल दोस्रो संस्करणको पुर्वसन्ध्यामा शुक्रवार विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।  खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभा...
हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

काठमाडौँ, १६ चैत । नेपाली सेनाद्वारा प्रथम पटक आयोजित राष्ट्रिय ‘प्रधान सेनापति ‘हाइ अल्टिच्यूट ट्राइ एडभेन्चर’ प्रतियोगिताको उपाधि आर्मी क्लब बीले जितेको छ । मुस्ताङको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा आज सम्पन्न प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ १०० मिटर, रनिङ ४.७५ किमि र साइक्लिङ १५.५० किमि गरी २०.३५ किमिको निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ले एक घण्टा १९ मिनेट ४४ सेकेण्ड...
क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

इटहरी, १६ चैत । कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ । स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भन...
आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

काठमाडौँ, १६ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ । पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ । क्यानको विवादबीच पनि नेपाललले यो सफ...
रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

विराटनगर, १६ चैत । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० ...
‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

काठमाडौं, १६ चैत। आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री  हुने छैनन् । सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्री थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँग...
अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो...
धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

धनगढी, १६ चैत । यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूल...
बुद्धिचाल हेर्न साउदीका राजकुमार नेपाल आउँदै

बुद्धिचाल हेर्न साउदीका राजकुमार नेपाल आउँदै

ललितपुर, १६ चैत ।  गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् । साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । साउदी राजकुमारसँगै प्रतियोगितामा...
धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने

धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने

काठमाडौं, १५ चैत। धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने भएको छ । फाउण्डेसनले बिहीबार फेसबुकमा स्टाटस राख्दै अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यको संयोजन गर्ने निर्णयमा आफूहरू पुगेको जानकारी दिएको छ । हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'को यस फाउण्डेसनले अहिले 'नमूना नेपाल' निर्माण पनि अघि बढाएको छ । फाउण्डेसनले लेखेको स...
एसिया कप छनोट फुटवलमा यमन द्वारा नेपाल पराजित

एसिया कप छनोट फुटवलमा यमन द्वारा नेपाल पराजित

काठमाडौं, १४ चैत। एएफसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको छ। कतारस्थित दोहाको सुहिम विन हमाद रंगशालामा भएको अन्तिम खेलमा यमन तीन अंक जोड्दै एसिया कपका लागि छनोट भयो। खेलको अन्त्यतिर पाएको पेनाल्टीमा गोल गरेपछि यमन छनोटमा परेको हो। सुरुवाती अग्रता बनाएको यमनविरुद्ध नेपाली टिमले पहिलो हाफमा अग्रता तोड्न सफल भयो। यमनलाई २४औँ मिनेटमा अब्दुलावासे अल मातरीले गोल गर्दै खेलमा अ...
डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौँ, १३ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते...
error: Content is protected !!