काठमाडौँ, १० असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकूद प्रतियोगितालाई डोपिङ्ग (प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन) मुक्त बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

Advertisement

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना गरिएको सो विषयको पन्ध्रौँ एशिया ओसिएनिया क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा भाग लिई आज स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल शक्तिवद्र्धक औषधि सेवनविरुद्धको महासन्धिको पक्ष राष्ट्र भएका कारण यस क्षेत्रमा देखिएको समस्या समाधानलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले कतिपय नीतिगत समस्या, डोपिङ्ग परीक्षणका लागि आवश्यक प्रयोगशालाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता चुनौतीको सामना गर्नुपरेको बताउँदै नेपाल एन्टीडोपिङ्ग एजेन्सी (नाडा) स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

मन्त्री विश्वकर्माले डोपिङ्गमुक्त स्वच्छ र निष्पक्ष खेलका लागि आवश्यक तालीम र पर्याप्त स्रोत साधनको आवश्यकता रहेको औँल्याउनुभयो ।

यही असार ४ र ५ गते कोलम्बोमा आयोजित उक्त बैठकमा एशिया ओसिएनिया क्षेत्रका २९ देशका मन्त्री, सचिव र डोपिङ्ग विज्ञहरुको सहभागिता रहेको बताइएको छ ।

गतवर्ष चीनमा भएको १४ औँ बैठकयता विभिन्न देशले एन्टी डोपिङ्गअभियान मार्फत स्वच्छ र निष्पक्ष खेलका लागि गरेका गतिविधिको बैठकले समीक्षासमेत गरेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!