काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलको समूह डीको भर्खरै सम्पन्न खेलमा बेल्जियमले ट्युनिसिया विरुद्ध ५–२ गोल अन्तरको फराकिलो  जित  हात पारेको छ ।  खेलको छैटौँ मिनेटमा पाएको पेनाल्टी देखि अग्रता लिएको बेल्जियमले ट्युनिसिया विरुद्ध खेलको ९० औँ मिनेटसम्म ५ गोल गर्याे ।

Advertisement

बेल्जियमको तर्फबाट ह्याजार्डले छैटौँ मिनेटको पेनाल्टी र ५१ औँ मिनेटमा गरी दुई गोल गर्न भ्याए भने अर्का खेलाडी लुकाकुले खेलको १६ औँ र ४८ औँ मिनेटमा दुई गोल थप्दै बेल्जियमलाई ४ गोलको अग्रता दिलाए ।

त्यस्तै खेलको ९० औँ मिनेटमा बातस्युयीले १ गोल गर्दै बेल्जियमका लागि ५ गोल बनाए । त्यस्तै खेलको १८ औँ मिनेटमा ट्युनिसियाका लागि ब्रोनले पहिलो गोल गर्दै बेल्जियमको अग्रता छोट्याए भने खाज्रीले इन्जुरी समयमा अर्काे गोल गर्दै ट्युनिसियाका लागि गोल संख्या छोट्याए ।

ट्युनिसियाले व्यहोरेको हारसँगै समूह चरणबाटै बाहिरिएको छ । भने बेल्जियम अन्तिम १६ मा पुग्न सफल भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!