काठमाडौँ, १० असार । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अग्रवालले काठमाडौँ महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!