काठमाडौँ, ७ असार । रुसमा जारी विश्वकपमा आज आज सी र डीका तीन खेल हुदैँ छ । सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ ।

Advertisement

तर आजको तीन खेलमध्ये डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच सबैको ध्यायन रहेको छ । २०१८ बाट विश्वकपको यात्रा सुरु गरेको नव टिम आईसल्याण्डसग समुहको पहिलो खेलमा बराबरी गरेको अजेन्र्टिनाले आज समुहको दोस्रो खेलमा क्रोएसिया विरुद्ध भिड्दैछ । पहिलो खेलबाट एक अंक बाँडेको अर्जेन्टिनाले विश्वकपको यात्रालाई अगाडि बढाउन पनि क्रोएसिया विरुद्ध जित निकाल्नु पर्ने आवश्यकता देखिन्छ ।

उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई आजको खेलमा बढि तनाव हुने पक्का छ । तालिकाको तेस्रो स्थानमा छ । उता अर्जेन्टिनाको प्रतिद्धन्द्धी क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै प्रिक्वाटर फाईनलको नजिक जान चाहन्छ । क्रोएसियाले आफनो समुहको पहिलो खेलमा नाईजेरियालाई दुई शुन्यको जित निकाल्दै तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

मेस्सी धेरै मन पारएका एक महान फुटबल खेलाडि हुन् । उनले बर्सालिनोबाट धेरै लिगको उपाधिहरु जितेका छन् । तर उनले आफ्नो खेल जिवनमा अफ्नो देश अर्जेन्टिनाका लागि विश्वप भने जिताउन सकेका छैनन् । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्ष अघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो ।

थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए ।

विश्वकपको पहिलो खेलमा मेसीले पेनाल्टी गुमाउँदा आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । नव प्रवेशी आइसल्यान्डसँगको बराबरीले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश पुग्ने बाटो साँघुरो बन्यो । अब त्यसलाई फराकिलो बनाउनका लागि मेसीको टोलीले बिहीबार क्रोएसियालाई हराउनु पर्नेछ ।

विश्वकपको उपाधि उचाल्ने सपना मेसीका लागि यो अन्तिम पटक पनि हुन सक्छ । अर्को पटक हुने विश्वकपमा भाल लिने सम्भवना कमै रहेको छ । उनको यो विश्वपको उपाधि उचाल्ने अन्तिम मौका बन्न सक्छ । त्यसैले पनि समूह ‘डी’ अन्तर्गत बिहीबार क्रोएसियाविरुद्धको खेलले मेसीको जीवनमा विशेष महत्व राख्नेछ । मेसी मात्र होइन अर्जेन्टिनाका लागि पनि ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!