विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर
काठमाडौँ, २ असार । रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा चौथो खेलमा क्रोएसियाले नाइजेरियाको सामना गर्नेछ ।
फ्रान्स भर्सेस अष्ट्रेलिया
फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्...































