एजेन्सी

काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले जित हाँसिल गरेको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । भोल्गोग्राड एरेनामा नेपाली समयअनुसार बेलुकी ८ः ४५ बजेबाट भएको थियो ।

Advertisement

पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । मुसाले ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनैले ७५ औँ मिनेटमा अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । आइसल्याण्डले त्यसपछि खेलमा फर्किने मौका पाएको थियो ।

८२ औँ मिनेटमा पाएको पेनाल्टीमा आइसल्याण्डका गिल्फी सिगुर्डसनले गोल गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी बल बार भन्दा माथिबाट गयो । नाइजेरियाका टिरोन्नी इबुएहीले आइसल्याण्डका अल्फ्रेड फिन्बोगासनलाई फउल गरेपछि आइसल्याण्डले पेनाल्टी पाएको हो । यो पेनाल्टीको निर्णय गर्नका लागि रेफ्री म्याथ्यु कोग्नरले भिएआरको सहायता लिएका थिए ।

यो पेनाल्टी मिस गर्ने त्यहि टिम हो, जसले पहिलो खेलमा स्टार स्ट्राइकर अर्जेन्टिनाका लियोनल मेस्सीको पेनाल्टीमा गोल हुन दिएको थिएन ।पहिलो खेलमा बराबरी गरेको आइसल्याण्ड दोस्रो खेलमा पराजित भयो ।

तर पहिलो खेलमा कोस्टारिकासँग २-० ले हारेको नाइजेरिया यसमा २-० ले नै विजयी भयो । यसअघि कोस्टारिकाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । तर आइसल्याण्डमाथि नाइजेरियाको जितले उसको सम्भावना केही बाँकी रहेको देखिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ । यो खेलमा जित निकालेमा र गोल अन्तर धेरै राख्न सकेमा अर्जेन्टिना अघिल्लो चरण जान सक्नेछ । यस्तै, आइसल्याण्डले अब क्रोएसियाको सामना गर्नेछ । यो समूहमा क्रोसियाको ६ तथा नाइजेरियाको ३ अंक भएको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक मात्रै छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!